नेपालका कराते अन्तर्राष्ट्रिय खेलाडीको गयो ज्या’न

सूचना दैनिक
मङ्लबार, असार १६, २०७७

काठमाडौं । युवा अवस्थामै एक हानाहार खेलाडिको अ’कस्मात ज्या’न गएपछि खेलक्षेत्र शोकाकुल भएको छ । क्योकुसिन क’राते तथा उसुका अन्तर्राष्ट्रिय नेपाली खेलाडी वीरमान लामा (वाइवा) को नि’धन भएपिछि खेलक्षेत्र स्तब्ध बनेको हो । सुतेकै अवस्थानमा आइतबार बिहान काभ्रेस्थित आफ्नै घरमा उनको नि’धन भएको खबर सार्वजनिक भएको छ ।

आफन्तको मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृ त अवस्थामा भेटिएका हुन् । लामा विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए ।

क्योकुसिन करातेका राष्ट्रिय विजेता रहेका उनले करातेबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी जनाउँदै नेपालको प्रतिनिधित्व गरेका थिए । लामाले दुई वर्षअघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । यसैबिच, राष्ट्रिय खेलकूद परिषद् का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको नि’धनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज ब’न्द गरिने भएको छ ।

पूर्वसदस्य सचिव सिंहको शो’कमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय ब’न्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आ’त्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा नि’धन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत हुनुहुन्थ्यो ।

राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।