अस्ट्रेलियामा च’क्कु देखाएर लुटेरालाई धपाएकी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा (भिडियो)

सूचना दैनिक
मङ्लबार, असार १६, २०७७

सिड्नी। अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो। न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन्।

स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्। 7 News ले बनाएको भिडियो समाचार :

हिलाम्ये ट्रयाक्टरमा सुरक्षाकर्मीसहित मुख्यमन्त्री उभिएको फोटो भाइरल, गुरूङ भन्छन्- के नौलो कुरो भयो र!
ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा तस्वीर सोमबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। तस्वीरमा मुख्यमन्त्री गुरूङ हिलाम्ये ट्रयाकटरमा ड्राइभरसँगै उभिएका छन्। उनका छेउमै १ जना नेपाली सेना र १ जना नेपाल प्रहरीका गरी दुई जना सुरक्षाकर्मी पनि उभिएका छन्। उनीहरू दुबै जना मुख्यमन्त्री गुरूङका अंगरक्षक हुन्।

‘खेत रोप्नका लागि सम्याइरहेको ट्रयाक्टरमा चढ्दा पनि सुरक्षाकर्मी बोक्नुपर्ने?’ सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचना भएको मुख्य प्रश्न यही हो। सोमबार स्याङ्जाको पुतलीबजार नगरपालिका ४ गोठेफाँटमा जग्गा चक्लाबन्दी गरी रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री गुरूङ प्रमुख अतिथि थिए।

उक्त स्थानमा १ सय २० जना किसानका ३ सय १० रोपनी जग्गा चक्लाबन्दी गरेका थिए। कार्यक्रमको उद्घाटन मुख्यमन्त्री गुरूङले रिबन काटेर गरेका थिए। त्यसपछि उनी गुरूङलाई चक्लाबन्दी गरेको खेतमा जोत्न राखेको ट्रयाक्टरमा स्थानीयले चढाएको कार्यक्रमका सहभागी फोटो पत्रकार युनिश गुरूङले बताए।